FAQs Complain Problems

समाचार

खेलकुद क्षेत्रको विकास लगायत अतिरिक्त कृयाकलापहरूमा घोडाघोडी नगरपालिकाले गरेको योगदानको कदर स्वरूप राष्ट्रिय खेलकुद परिषदद्वारा देशैभरिबाट एकमात्र सर्वाेउत्कृट नगरपालिका घाेषणाभई सम्मानित भएकाेमा नगरवासीलाई हार्दिक बधाई ज्ञापन गर्दछाैं ।

Read More

नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र घोडाघोडी नगर अस्पताल, घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानी बीच स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको जानकारी गराउदछाै ।

Read More

घोडाघोडी नगरपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा बीच घोडाघोडी नगरपालिकाका बासिन्दाहरुलाई निशुल्क रगत उपलब्ध गराउन असोज १ गते देखि लागु हुने गरि सम्झौता पत्रमा हस्ताक्षर गरियो ।

Read More

संक्षिप्त परिचय

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको यस घोडाघोडी नगरपालिकाको पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका,उत्तर मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८७,६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको यो नगरपालिकामा  साविकको दरख,साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेस भएका छन । शैक्षिक क्षेत्रमा ३ वटा क्याम्पस, ५७ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । विकासको मुल आधार नै शिक्षा हो गुणस्तरीय शिक्षा मार्फत यस नगरको विकास सम्भव छ भन्ने कुरा सबैले महसुुस गरेको पाइन्छ ।  यस नगरपालिकामा विभिन्न भाषा, सँस्कृति, रितिरिवाज तथा चालचलन भएका समुदायको वसोवास रहेको छ । विभिन्न चुनौति र सम्भावना बोकेको यस नगरपालिकामा पर्यापर्यटन चिनारीको मुल आधार वन्न सक्ने देखिन्छ । सूचना र सञ्चारको क्षेत्रमा खासै विकास भएको छैन । आधुनिक प्रविधिको प्रयोगले मात्र वदलिदो संसार सँग परिचत हुन सकिन्छ  त्यसैले सूचना प्रविधिको विकास गरि यस नगरलाई सूचना मैत्री नगरको रुपमा विकास गर्न सकिन्छ । यस नगरमा केहि मात्रामा मात्र उद्योग थालनी भएको छ , साना साना बजार मार्फत व्यापार व्यवसाय भैरहेको छ । विभिन्न उद्योग, व्यापार तथा व्यवसायको विकास गरि जनताको आयस्तर वृद्धि गर्नुपर्ने देखिन्छ । यस नगरमा बसोवास गर्ने नागरिकको जीवन स्तर सामान्य भन्दा पनि कमजोर रहेको छ ।  समाजमा पछाडी परेका वर्गलाई विकासको मुल प्रवाहमा ल्याई समृद्ध नगर विकासमा हातेमालो गर्नुपर्ने देखिन्छ । सबै नगरवासीहरुले यस नगरको विकास भए मात्र हाम्रो विकास हुन्छ भन्ने मान्यतालाई आत्मसात गरि अगाडी वढेमा यो कुरा धेरै टाढा छैन । यस नगरको विकासका लागि कुनै व्यवस्थित योजना नै छैन । अव्यवस्थित बसोवास रहेको छ । विकासको सम्भावनाका क्षेत्र नै पहिचान भएका छैनन । नगरपालिकाका विभिन्न क्षेत्रको नक्सांकन गरि कुन क्षेत्रमा कस्तो खालको विकास आवश्यक छ ? कुन क्षेत्रलाई कुन रुपमा विकास गर्न सकिन्छ ? यसका सम्भाव्यता अध्ययन गरि काम गर्दा व्यवस्थित नगरको रुपमा यसलाई अगाडी बढाउन सकिन्छ । नगरको विकासका लागि आवश्यक पूर्वाधारको विकासमा जोड दिनु पर्ने देखिन्छ । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी,सडक,यातायात,विद्युत तथा सञ्चारको विकास सबै वडामा भएको छैन । यसको पहिचान गरि विकास गर्न सकेमा हाम्रो नगरपालिका समृद्ध नगरपालिका बन्न सक्छ । यसै कुराहरुलाई मध्ये नजर गरि आ.व. २०७४।०७५ को वार्षिक कार्यक्रम तथा बजेट तय गरिएको छ । समग्रमा हाम्रो नगरपालिकाका केही विशेषताहरु निम्नानुसार छन् ।

कैलालीमा घोडाघोडी नगरपालिका
    सबैभन्दा बढि सामुदायिक वन भएको ।
    सबैभन्दा बढि तालतलैया भएको ।
    सबैभन्दा धेरै मुक्त कमैया शिविर ( १२ वटा) भएको । 
    सबैभन्दा धेरै गरिव वसोवास भएको ।
    क्षेत्रफलका हिसाव सबैभन्दा ठूलो भएको ।
    विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल र अन्य पर्यटकिय ताल भएको ।
    वसन्ता जैविक मार्ग सँग जोडिएको । 

Pages

सूचना तथा जानकारी

जनप्रतिनिधि

नगर प्रमुख
९८६८६५५२९३
उप– प्रमुख
९८६२४८७१९१
नगर प्रवक्ता
९८४८४२३९६८

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८४३८१११
ghodaghodimun@gmail.com
शाखा अधिकृत / सूचना अधिकारी
९७६६४०७५५५
ggmsuchanaadhikari@gmail.com