FAQs Complain Problems

संक्षिप्त परिचय

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको यस घोडाघोडी नगरपालिकाको पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका,उत्तर मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८७,६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको यो नगरपालिकामा  साविकको दरख,साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेस भएका छन । शैक्षिक क्षेत्रमा ३ वटा क्याम्पस, ५७ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । विकासको मुल आधार नै शिक्षा हो गुणस्तरीय शिक्षा मार्फत यस नगरको विकास सम्भव छ भन्ने कुरा सबैले महसुुस गरेको पाइन्छ ।  यस नगरपालिकामा विभिन्न भाषा, सँस्कृति, रितिरिवाज तथा चालचलन भएका समुदायको वसोवास रहेको छ । विभिन्न चुनौति र सम्भावना बोकेको यस नगरपालिकामा पर्यापर्यटन चिनारीको मुल आधार वन्न सक्ने देखिन्छ । सूचना र सञ्चारको क्षेत्रमा खासै विकास भएको छैन । आधुनिक प्रविधिको प्रयोगले मात्र वदलिदो संसार सँग परिचत हुन सकिन्छ  त्यसैले सूचना प्रविधिको विकास गरि यस नगरलाई सूचना मैत्री नगरको रुपमा विकास गर्न सकिन्छ । यस नगरमा केहि मात्रामा मात्र उद्योग थालनी भएको छ , साना साना बजार मार्फत व्यापार व्यवसाय भैरहेको छ । विभिन्न उद्योग, व्यापार तथा व्यवसायको विकास गरि जनताको आयस्तर वृद्धि गर्नुपर्ने देखिन्छ । यस नगरमा बसोवास गर्ने नागरिकको जीवन स्तर सामान्य भन्दा पनि कमजोर रहेको छ ।  समाजमा पछाडी परेका वर्गलाई विकासको मुल प्रवाहमा ल्याई समृद्ध नगर विकासमा हातेमालो गर्नुपर्ने देखिन्छ । सबै नगरवासीहरुले यस नगरको विकास भए मात्र हाम्रो विकास हुन्छ भन्ने मान्यतालाई आत्मसात गरि अगाडी वढेमा यो कुरा धेरै टाढा छैन । यस नगरको विकासका लागि कुनै व्यवस्थित योजना नै छैन । अव्यवस्थित बसोवास रहेको छ । विकासको सम्भावनाका क्षेत्र नै पहिचान भएका छैनन । नगरपालिकाका विभिन्न क्षेत्रको नक्सांकन गरि कुन क्षेत्रमा कस्तो खालको विकास आवश्यक छ ? कुन क्षेत्रलाई कुन रुपमा विकास गर्न सकिन्छ ? यसका सम्भाव्यता अध्ययन गरि काम गर्दा व्यवस्थित नगरको रुपमा यसलाई अगाडी बढाउन सकिन्छ । नगरको विकासका लागि आवश्यक पूर्वाधारको विकासमा जोड दिनु पर्ने देखिन्छ । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी,सडक,यातायात,विद्युत तथा सञ्चारको विकास सबै वडामा भएको छैन । यसको पहिचान गरि विकास गर्न सकेमा हाम्रो नगरपालिका समृद्ध नगरपालिका बन्न सक्छ । यसै कुराहरुलाई मध्ये नजर गरि आ.व. २०७४।०७५ को वार्षिक कार्यक्रम तथा बजेट तय गरिएको छ । समग्रमा हाम्रो नगरपालिकाका केही विशेषताहरु निम्नानुसार छन् ।

कैलालीमा घोडाघोडी नगरपालिका
    सबैभन्दा बढि सामुदायिक वन भएको ।
    सबैभन्दा बढि तालतलैया भएको ।
    सबैभन्दा धेरै मुक्त कमैया शिविर ( १२ वटा) भएको । 
    सबैभन्दा धेरै गरिव वसोवास भएको ।
    क्षेत्रफलका हिसाव सबैभन्दा ठूलो भएको ।
    विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल र अन्य पर्यटकिय ताल भएको ।
    वसन्ता जैविक मार्ग सँग जोडिएको । 

त्यसैले हाम्रो नगरपालिका ,राम्रो नगरपालिका ; हाम्रो नगरपालिका,समृद्ध नगरपालिका ; हाम्रो नगरपालिका, हाम्रो पहिचानका रुपमा विकास गर्नका लागि हातेमालो गरौ ।