पशु सेवा शाखा - सेवाहरु
ब्यवसायिक पशु पंक्षी/माछा पालन फर्म दर्ताको सिफारिस
१) रितपूर्वकको निवेदन
२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) ब्यवसाय गर्ने स्थानको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ।
४) बहालकोजग्गाभए सम्झौतापत्रकोप्रतिलिपी ।
५) सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र ।
६) चारकिल्ला प्रमाणित ।
७) सर्जमिन मुचुल्का ।
८) वातावरणिय प्रभाव मूल्याङ्कन प्रतिवेदन ।
९) स्वयम् व्यक्तीको पास्पोर्ट साईजको फोटो २ प्रती
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा सिफारिस गरिनेछ ।
कृषक समूह नविकरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा प्रमाणपत्र वितरण गरिनेछ ।
योजना सम्झौता गर्ने
|
१) सम्बन्धित वडाको प्राविधिकले तयार गरेको लागत
इष्टिमेट । २) योजना कार्यान्वयन गर्नु भन्दा पहिलेको फोटो । ३) वडाको जनप्रतिनिधि/कर्मचारीको रोहवरमा आम
भेलाबाट उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपि । ४) उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको
प्रतिलिपि । ५) सम्बन्धित वडा कार्यालयको सिफिरिस । ६) उपभोक्ता समितिको छाप । ७) निर्धारित ढाँचामा निवेदन । |
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए योजना सम्झौता गरिनेछ ।
योजना कार्यान्वयन
|
१) लागत इष्टिमेट अनुसारका कार्यहरू गर्ने । २) कामको गुणस्तर कायम गर्ने । |
अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन समितिबाट कामको अनुगमन गरिनेछ ।
कार्यक्रमको भुक्तानी
|
१) निर्धारित ढाँचामा निवेदन । २) खर्चको शीर्षक अनुसार तेरिज । ३) विनियोजित बजेट देखिने गरी बजेट तथा कार्यक्रम
पुस्तिकाको प्रतिलिपी । ४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता र
कार्यआदेश । ५) जुन वडामा कार्यक्रम सम्पन्न भएको हो उक्त
वडाको सिफारिस पत्र । ६) वडाको भुक्तानी दिने निर्णय सहितको सिफारिस
पत्र । ७) मालसामान खरिद गरेको भए सक्कलै बिल, भरपाई र
मालसामान वितरण तथा रकम बुझिलिएको भरपाई । ८) उपस्थितिको प्रतिलिपी । ९) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने गरी
फोटोहरू । |
१०) कार्य सम्पन्न प्रतिवेदन ।
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए कार्यक्रमको रकम भुक्तानी गरिनेछ ।
योजनाको भुक्तानी
|
१) निर्धारित ढाँचामा निवेदन । २) शिर्षक अनुसार खर्चको तेरिज । ३) विनियोजित बजेट देखिने बजेट तथा कार्यक्रम
पुस्तिकाको प्रतिलिपी । ४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता र
कार्यआदेश । ५) सबै योजनालाई जुन वडामा योजना सम्पन्न भएको हो
उक्त वडाको सिफारिस पत्र । ६) वडाको भुक्तानी दिने निर्णय सहितको सिफारिस
पत्र । ७) अनुगमन समितिले गरेको अनुगमनको प्रतिवेदन । ८) उपभोक्ता समितिले खर्च सार्वजनिक गरेको
निर्णयको प्रतिलिपी । ९) आम भेला मार्फत खर्च सार्वजनिक गरेको
प्रतिलिपी । १०) सार्वजनिक परीक्षण फाराम । ११) खर्च सार्वजनिक सूचना फाराम । १२) उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगति
प्रतिवेदन । १३) योजना सम्झौता र कार्यादेश । १४) मालसामान खरिद गरेको सक्कलै बिल, १५) आवश्यक
बील, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई र गाडीबाट मालसामान ढुवानी
गरेको भए गाडिको Blue book र लाइसेन्सको फोटोकपि । १६) उपस्थितिको प्रतिलिपी । १७) कार्यक्रम/योजना सञ्चालन र सम्पन्न भएको
देखिने गरी खिचिएको फोटोहरू । १८) प्राविधिकबाट नापी किताब, कार्य सम्पन्न
गरेको प्रतिवेदन । |
१९) उपभोक्ता बिल ।
उल्लेखित कागजात तथा सबै प्रक्रिया पुरा गरेको भए योजनाको रकम भुक्तानी दिइनेछ ।
धरौटी फिर्ता
|
ठेक्का
फर्मको हकमा १) निर्धारित ढाँचामा निवेदन । २) आन्तरिक राजश्च कार्यालयको कर चुक्ता
प्रमाणपत्रको प्रतिलिपी । ३) आन्तरिक राजश्व कार्यालयको कर समायोजन
पत्र । ४) सम्बन्धित शाखा/इकाईको सिफारिस पत्र । उपभोक्ता
समितिको हकमा १) निर्धारित ढाँचामा निवेदन । २) उपभोक्ता समितिको धरौटी फिर्ता
सम्बन्धी निर्णयको प्रतिलिपी । ३) प्राविधिकबाट धरौटी फिर्ता गर्ने
सिफारिस पत्र । ४) वडा कार्यालयको सिफारिस पत्र । ५) गाउँपालिका अनुगमन समितिले सिफारिस गरेको पत्र । |
उल्लेखित कागजात साथ सबै प्रक्रिया पुरा भएको भए धरौटी फिर्ता गरिनेछ ।
सरकारी तथा अन्य निकायबाट सञ्चालित योजनाको सिफारिस
|
१) सम्बन्धित उपभोक्ता समिति वा संस्थाको
निवेदन । २) बजेट तथा कार्यक्रम देखिने प्रमाणको
प्रतिलिपी ३) अनुदान दिने निकाय र उपभोक्ता वा
संस्था बीचको सम्झौता । ४) कार्यक्रम सम्पन्न भएको देखिने फोटोहरू
। ५) कार्यक्रम सञ्चालन भएको सम्बन्धित
वडाको सिफारिस र अनुगमन समितिको अनुगमन प्रतिवेदन । ६) उपभोक्ता समिति गठन भएको निर्णयको
प्रतिलिपी र संस्था भए संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपी । ७) खर्च सार्वजनिक गरेको विवरणको
प्रतिलिपी । |
उल्लेखित कागजात पेश भएपछि आवश्यक जाँचबुझ गरी कार्यसम्पन्न भएपछि सिफारिस गरिनेछ
गैर सरकारी संस्था दर्ता
|
१) संस्था दर्ताको लागि निवेदन । २) संस्थाको विधानको प्रतिलिपी । ३) सम्बन्धित वडाको सिफारिस पत्र । ४) संस्थाका पदाधिकारीहरूको नागरिकता
प्रमाणपत्रको प्रतिलिपी । |
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा दर्ता गरिनेछ ।
गैर सरकारी संस्था नवीकरण
|
१) रितपूर्वकको निवेदन । २) लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी । ३) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी । |
४) संस्थाको प्रगति प्रतिवेदन ।
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा नवीकरण गरिनेछ ।
गैर सरकारी संस्था कार्यक्रम सञ्चालन पूर्व स्वीकृति
|
१) संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी
। २) संस्थाको विधानको प्रतिलिपी । ३) सम्बन्धित वडाको सिफारिस पत्र । ४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
|
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका कार्यक्रम सञचालन अनुमति प्रदान गरिनेछ ।
प्राकृतिक प्रकोप सहायता
|
१) प्रकोपबाट पिडितको निवेदन । २) नेपाली नागरिकताको प्रमाण पत्रको
प्रतिलिपी । ३) प्रहरीको सर्जमिन मुचुल्का । ४) सम्बन्धित वडाको सिफारिस पत्र । ५) प्रकोपबाट क्षति भएको देखिने गरी फोटो
। ५) प्रकोप पुष्टि गर्ने खालका कागजातहरू । |
६) खाता रहेको बैंक चेकको प्रतिलिपी ।
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा उपयुक्त देखिएमा सहायता उपलब्ध गराइनेछ ।
आर्थिक सहायता
|
१) आर्थिक सहायता माग्नुको कारण सहितको
निवेदन । २) नेपाली नागरिकताको प्रमाण पत्रको
प्रतिलिपी । ३) सम्बन्धित वडाको सिफारिस पत्र । ४) आर्थिक सहायता माग्नुको कारण पुष्टि
गर्ने आधारसहितको कागजात । |
५) खाता रहेको बैंक चेकको प्रतिलिपी ।
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा जायज ठहरिएमा आर्थिक सहायता गरिनेछ ।
विद्यालय खोल्न तथा कक्षा थप गर्न
|
१) शिक्षा नियमावली अनुसूचि १ बमोजिमको
निवेदन । २) शैक्षिक गुठिको विधान वा कम्पनीको
प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी । ३)
जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षको लागि घर वा जग्गाधनीले
बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी । नक्सा ४)
प्रस्तावित विद्यालयको शैक्षिक । ५)
सम्बन्धित गाउँ शिक्षा समितिको सिफारिस । ६) सम्बन्धित वडाको सिफारिस पत्र । ७) सबैभन्दा नजिकको कम्तीमा २ वटा छिमेकको
विद्यालयको सहमति । ८) विद्यालय व्यवस्थापन समितिको निर्णयको
प्रतिलिपी । |
|
उल्लेखित
कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक जाँचबुझ र अध्ययनपछि |
प्रभावकारीता देखिएमा अनुमति दिइनेछ ।
कक्षा ८ को मार्कसिट / ग्रेडसिटको प्रतिलिपी
|
१) सम्बन्धित विद्यालयको सिफारिस पत्र २) पहिले प्राप्त गरेको मार्कसिट/ग्रेडसिट |
|
उल्लेखित
कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक जाँचबुझ र अध्ययनपछि |
उपयुक्त देखिएमा प्रतिलिपी दिइनेछ ।
शिक्षकको सरूवा सहमति
|
१) सरूवा हुन चाहने शिक्षकको निवेदन २) कार्यरत विद्यालयको विद्यालय
व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी |
|
उल्लेखित
कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक जाँचबुझ र अध्ययनपछि |
उपयुक्त देखिएमा प्रतिलिपी दिइनेछ ।
जन्म दर्ता प्रमाण पत्रमा संशोधन
|
क) जन्ममिति सच्याउनको लागि परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको
लब्धाङ्क पत्र (लब्धाङ्कपत्र जारी गरेको ६ महिना पुरा गरेको हुनु पर्ने) र
विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले
जारी गरेको जन्मको प्रमाणपत्रको प्रतिलिपी वा नाबालक परिचय पत्रको प्रतिलिपी वा नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा कुनैपनि प्रमाण खुल्ने कागजात प्राप्त
नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधीको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता
प्रमाणपत्र प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का |
(सर्जमिन मुचुल्का गर्नेहरूको नागरिकताको
प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रूपमा संलग्न गरेको हुनु पर्नेछ ।
|
ख) जन्म दर्तामा
नाम संशोधनको लागि १) बच्चाको नाम संशोधन गर्नु परेमा आमा र
बाबुको निवेदन वा बच्चा र बाबु आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र
। २) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग
भएमा प्रवेशिका परीक्षाको प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु
आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र । ३) बाबु आमा वा बाजेको नाम संशोधन गर्नु
परेमा क) सो सम्बन्धी कागजात, नागरिकता
प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र वा प्रवेशिका परीक्षा वा सोभन्दा माथिल्लो
स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको प्रमाणित कागजपत्र र विद्यालयको
चारित्रिक प्रमाणपत्रको प्रतिलिपी । |
ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनि उल्लेख
भएको कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का सहित
सर्जमिनमा बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
|
ग) जन्म स्थान
सच्याउनु परेमा विदेशमा
जन्मिएको बच्चाको नाम सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको
प्रमाणपत्र वा वा कागजात (प्रमाणपत्र अंग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली
नियोगबाट बच्चा सो देशमा जन्मिएको भनि प्रमाणित गरिएको कागजात) वा |
उक्त देशमा बच्चाको जन्मदर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्मदर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद)
प्रमुख
