FAQs Complain Problems

अा. व. २०७८/०७९ का लागि घाेडाघोडी नगरपालिकाको टोल विकासको लागि प्रस्तावना

यो फारम भर्न छोटो समय लाग्दछ, कृपया थोरै समय दिएर एउटा जिम्मेवार नागरिकको भूमिका निभाई दिनुहुन हार्दिक अनुरोध छ | आर्थिक वर्ष २०७८/७९ को लागि नगरपालिकाको योजना बनाउने प्रक्रियामा तपाईंको सहभागिताको लागि यो सर्वेक्षण तयार गरिएको हो। तपाइँको टोल/बस्तिमा गर्नुपर्ने सुधार तथा बिकासको बारेमा तपाइको रायहरू र विचारहरू प्रदान गर्ने यो अनुपम अवसर हो। यस सर्वेक्षणबाट प्राप्त परिणामले आगामी आ.व.को योजना निर्माण गर्ने प्रक्रियामा वार्ड समिति / नगरपालिकालाई सहयोग पुग्ने छ तर योजनासंग सम्बन्धित निर्णय भने सम्बन्धित वार्ड समिति / नगरपालिकाले गरे अनुसार नै हुनेछ। यस सर्वेक्षणमा संकलन गरिएको जानकारीलाई भविष्यका लागि योजना बनाउन वार्ड समिति / नगरपालिका समितिले प्रयोग गर्नसक्नेछन्। यी सर्वेक्षणहरूमा संकलन गरिएको जानकारी कुनै पनि अन्य उद्देश्यहरूको लागि प्रयोग गरिने छैन।

कृपया सर्वेक्षण फाराममा सहभागीहरूले योजनाको विस्तृत विवरण, योजना अनुसारको बजेट राखि पेश गर्नुहोला । विगतको अनुभव अनुसार धेरै सहभागिहरूले योजनाकाे नाम सिपमुलक तालिम मात्र लेखि पठाइएको पाइयो, कृपया तालिमको नाम समेत खुलाइ पाठाउन हुन अनुरोध छ । तपाईंको वडामा बस्ने छिमेकीहरू र साथीहरूलाई पनि सर्वेक्षणमा भाग लिनको लागि जानकारी दिनुहोस ताकि उनीहरू पनि योजना तर्जुमा गर्ने मौका प्राप्त गर्न सकून्!

फर्म भर्नको लागि यहाँ क्लिक गर्नुहोस । 

Act, law and directives

Act, law and directives