FAQs Complain Problems

डा. महाबिर पुन ज्युको बिरगंज कृषि औजार कारखाना सञ्चालन गर्ने पबित्र अभियानमा उहाँको आफ्नै जीवन कथा लेखेर प्रकाशित पुस्तक खरिद गरि सहयोग गरियो । डा.पुनको यो पबित्र अभियान सफल होस हार्दिक शुभ-कामना !!

Read More

घोडाघोडी नगरपालिकाको आयोजनामा तिज विशेष कार्यक्रम

Read More

चिरैया ताल

Read More

संक्षिप्त परिचय

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको यस घोडाघोडी नगरपालिकाको पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका,उत्तर मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८७,६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको यो नगरपालिकामा  साविकको दरख,साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेस भएका छन । शैक्षिक क्षेत्रमा ३ वटा क्याम्पस, ५७ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । विकासको मुल आधार नै शिक्षा हो गुणस्तरीय शिक्षा मार्फत यस नगरको विकास सम्भव छ भन्ने कुरा सबैले महसुुस गरेको पाइन्छ ।  यस नगरपालिकामा विभिन्न भाषा, सँस्कृति, रितिरिवाज तथा चालचलन भएका समुदायको वसोवास रहेको छ । विभिन्न चुनौति र सम्भावना बोकेको यस नगरपालिकामा पर्यापर्यटन चिनारीको मुल आधार वन्न सक्ने देखिन्छ । सूचना र सञ्चारको क्षेत्रमा खासै विकास भएको छैन । आधुनिक प्रविधिको प्रयोगले मात्र वदलिदो संसार सँग परिचत हुन सकिन्छ  त्यसैले सूचना प्रविधिको विकास गरि यस नगरलाई सूचना मैत्री नगरको रुपमा विकास गर्न सकिन्छ । यस नगरमा केहि मात्रामा मात्र उद्योग थालनी भएको छ , साना साना बजार मार्फत व्यापार व्यवसाय भैरहेको छ । विभिन्न उद्योग, व्यापार तथा व्यवसायको विकास गरि जनताको आयस्तर वृद्धि गर्नुपर्ने देखिन्छ । यस नगरमा बसोवास गर्ने नागरिकको जीवन स्तर सामान्य भन्दा पनि कमजोर रहेको छ ।  समाजमा पछाडी परेका वर्गलाई विकासको मुल प्रवाहमा ल्याई समृद्ध नगर विकासमा हातेमालो गर्नुपर्ने देखिन्छ । सबै नगरवासीहरुले यस नगरको विकास भए मात्र हाम्रो विकास हुन्छ भन्ने मान्यतालाई आत्मसात गरि अगाडी वढेमा यो कुरा धेरै टाढा छैन । यस नगरको विकासका लागि कुनै व्यवस्थित योजना नै छैन । अव्यवस्थित बसोवास रहेको छ । विकासको सम्भावनाका क्षेत्र नै पहिचान भएका छैनन । नगरपालिकाका विभिन्न क्षेत्रको नक्सांकन गरि कुन क्षेत्रमा कस्तो खालको विकास आवश्यक छ ? कुन क्षेत्रलाई कुन रुपमा विकास गर्न सकिन्छ ? यसका सम्भाव्यता अध्ययन गरि काम गर्दा व्यवस्थित नगरको रुपमा यसलाई अगाडी बढाउन सकिन्छ । नगरको विकासका लागि आवश्यक पूर्वाधारको विकासमा जोड दिनु पर्ने देखिन्छ । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी,सडक,यातायात,विद्युत तथा सञ्चारको विकास सबै वडामा भएको छैन । यसको पहिचान गरि विकास गर्न सकेमा हाम्रो नगरपालिका समृद्ध नगरपालिका बन्न सक्छ । यसै कुराहरुलाई मध्ये नजर गरि आ.व. २०७४।०७५ को वार्षिक कार्यक्रम तथा बजेट तय गरिएको छ । समग्रमा हाम्रो नगरपालिकाका केही विशेषताहरु निम्नानुसार छन् ।

कैलालीमा घोडाघोडी नगरपालिका
    सबैभन्दा बढि सामुदायिक वन भएको ।
    सबैभन्दा बढि तालतलैया भएको ।
    सबैभन्दा धेरै मुक्त कमैया शिविर ( १२ वटा) भएको । 
    सबैभन्दा धेरै गरिव वसोवास भएको ।
    क्षेत्रफलका हिसाव सबैभन्दा ठूलो भएको ।
    विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल र अन्य पर्यटकिय ताल भएको ।
    वसन्ता जैविक मार्ग सँग जोडिएको । 

Pages

सूचना तथा जानकारी

जनप्रतिनिधि

नगर प्रमुख
९८५८४२१०६८
उप– प्रमुख
९८६२४८७१९१

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८४३८१११
ghodaghodimun@gmail.com
शाखा अधिकृत / सूचना अधिकारी
९७६६४०७५५५
regmiumesh1234@gmail.com

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- प्रति कित्ता रू २३०
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- प्रति कठ्ठा ५००
आवश्यक कागजातहरुः-

१) निवेदन ( बाटोको नाम, टोल समेत खुलाउने ) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणीत सक्कल नक्सा
४ ) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्ति नागरीकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरिक्षण प्रतिवेदन ख

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद